राष्ट्रपति सीले एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिने

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बेइजिङमा हुने २८औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भाग लिने भएको छ ।

न्यूजिल्याण्डका प्रधानमन्त्रीको निमन्त्रणामा भिडियो मार्फत हुने सो कार्यक्रममा राष्ट्रपति सीले महत्त्वपूर्ण भाषण दिनेछन् । विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले बुधबार सो कुराको जानकारी गराएका छन् ।

राष्ट्रपति सीले बिहीबार रेकर्ड गरिएको भिडियो मार्फत एपेक सीईओ शिखर सम्मेलनमा भाग लिने र प्रमुख वक्ताकोरूपमा सम्बोधन गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार