राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले दुवै दिन बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । आरटीजीएस प्रणालीमार्फत एक बैंकका ग्राहकले आवश्यकताअनुसार अर्को बैंकमा भुक्तानी कारोबार फर्छ्यौ गर्न सक्नेछन् ।

यस प्रणालीबाट चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार