एपिएफले जित्यो ‘ललितपुर मेयर वुमन्स च्याम्पियनसीप’ को उपाधि

विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले मेयर कप क्रिकेटको उपाधि जितेको हो ।

किर्तिपुर क्रिकेट मैदानमा १ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ३८ बलमा ५ चौकासहित ३६ रनको योगदान दिइन् । कप्तान सीता राना मगर ३२ बलमा ४ चौकासहित २७ रनमा आउट भइन् ।

यसअघि सुदूपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन जोडेको थियो । एपिएफले १६.२ ओभरमा २ विकेटको क्षतिमा विजय लक्ष्य पुरा गरेको थियो ।

प्रतियोगिताको विजेताले टोली एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गर्यो । यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार प्राप्त गर्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार