थप १८३ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

नेपालमा शुक्रबार थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०७ पीसीआर परिक्षणका क्रममा १७४ र २ हजार ५३७ एन्टिजेन परिक्षणका क्रममा ९ जनामा कोरोना देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने हालसम्म ११ हजार ४३८ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । यस्तै थप ६४९ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा ७ लाख ९४ हजार ४३८ जनाले कोरोना जितिसकेका छन् ।

हाल नेपालमा ८ हजार ४१३ जना सक्रिय संक्रमित छन् भने ११५ जना क्वारेन्टाइनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार