दसैँ तिहारमा प्याज सधैँ महँगो

भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ १७ गते प्याजको थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको थियो ।

हरेक वर्ष चाडपर्व नजिकिएसँगै प्याजको मूल्य महँगिएको देखिन्छ । २०७६ भदौ १३ गते थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य दशैंतिहार शुरू भएसँगै ३८ रुपैयाँले बढेर सोही वर्ष असोज ९ गते प्रतिकिलो १ सय रुपैयाँ पुगेको थियो ।

२०७७ भदौमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि आकाशिएको प्याजको भाउ दशैंतिहार नसकिएसम्म ओरालो लागेन । तिहार सकिएसँगै प्याजको मूल्य पनि विस्तारै आरोला लाग्दै गयो । यस वर्ष गत वैशाखदेखि विस्तारै उकालो लागेको प्याजको मूल्य यस वर्षकै सबैभन्दा महँगो भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार