बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बिहीबार अपरान्ह ३.३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए । पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार