सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

नेपालमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले उकालो लागेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँले तोकिएको छ । यसअघि बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजावी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला एक हजार २५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार