रज्जित धिमाल मार्की खेलाडीको रुपमा विराटनगर सिटी क्लबमा अनुबन्धित

राष्ट्रिय फुटबल टिमका सदस्य तथा डिफेन्डर रज्जित धिमाल मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम विराटनगर सिटी फुटबल क्लबमा अनुबन्धित भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम विराटनगरले बिहीबार रञ्‍जितलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो । मछिन्द्र फुटबल क्लबका डिफेन्डर रञ्जित नेपालले सन् २०१६ सोलिडारिटी कपको उपाधि जित्दा टिममा मुख्य खेलाडी हुन् । सम्झौतापछि बोल्दै रञ्‍जितले लिगमा टिमलाई उत्कृष्ठ स्थानमा पुर्याउन आफुले सक्ने राम्रो प्रदर्शन गर्ने बताए ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार