प्रधानमन्त्रीका रुपमा देउवाको पहिलो विदेश भ्रमण ब्रिटेन

प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा ब्रिटेन जाने भएका हुन् । ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो प्रधानमन्त्रीका रुपमा देउवाको पहिलो विदेश भ्रमण हुनेछ । देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । यस्तै आवुधाबी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ । साथै बिभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार