युरोपा लिग : टोटनह्याम र आर्सनलको जित, युनाइटेड बराबरीमा रोकियो

युरोपा लिगको अन्तिम–१६ अन्तर्गतका खेलहरुमा इंग्लिस टोलीहरु टोटनह्याम र आर्सनलले पहिलो लेगमा आरामदायी जित हासिल गरेका छन् । म्यानचेस्टर युनाइटेड भने इटलीको एसी मिलानसँग १-१ गोलको बराबरीमा रोकियो ।

राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति भएको पहिलो लेगको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई ३–१ ले हरायो । आर्सनलका लागि मार्टीन ओडेगार्ड, ग्याब्रियल र मोहोमद एल्नेनीले एक एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले चेक गणतन्त्रको डाईनामो जाग्रेबलाई २–० ले हरायो । टोटनह्यामको जितमा दुबै गोल ह्यारी केनले गरे ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नै मैदान ओल्ड ट्राफोटमा इटलीको एसी मिलानसँग बराबरी खेलेपछि युरोपा लिगको क्वाटरफाइनल प्रवेश कठिन बन्ने देखिएको छ ।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको सुरुमै अमाद डियाल्लोको गोलमार्फत घरेलु टोलीले अग्रता बनाएको थियो । युरोपा लिगका अन्य खेलहरुमा इटालीको ए.एस रोमाले युक्रेनको शख्तरलाई ३–० ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई ३–० ले पाखा लगायो ।

यसैगरी स्पेनको भियारियालले युक्रेनको डाईनामो किभलाई २–० ले पराजित गर्दा स्पेनकै ग्रानाडाले स्विडेनको मोल्डेलाई २–० ले पाखा लगायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार