ओली सरकारका चार मन्त्रीलाई माओवादी केन्द्रले गर्यो सांसदबाट निश्कासित

नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चार जना सांसदलाई कारबाही गरेको छ । स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको छ ।

माओवादीका प्रमुख सचेतक देव गुरुङले उनीहरुलाई सांसद पदबाट हटाउन लेखेको पत्र संसद् सचिवालयमा बुझाएका हुन् । मओवादी केन्द्रले उनीहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निश्कासन गरेको छ ।

राष्ट्रिय सभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार