अस्ट्रेलियामा निर्माण क्षेत्रमा खोप अनिवार्य गरिएपछि तोडफोडमा उत्रिए मजदुर

सरकारले अस्ट्रेलियाको मेलवर्नका निर्माण क्षेत्रमा कोभिड खोप अनिवार्य गरेपछि त्यसको विरोधमा मजदुरहरु तोडफोडमा उत्रिएका छन् ।

सरकारले निर्माण क्षेत्रमा काम गर्ने मजदुरले कम्तिमा एक डोज खोप अनिवार्य लाउनुपर्ने व्यवस्था गरेपछि उनीहरु तोडफोडमा उत्रिएका हुन् । झडपपछि भिक्टोरिया राज्यले मेलबर्नका निर्माण क्षेत्र बन्द गरेको छ ।

खोप अनिवार्य गरिएपछि विवाद बढेसँगै त्यहाँका निर्माण क्षेत्र दुई साताका लागि बन्द गरिएको अधिकारीहरूले जनाएका छन् । मजदुरले खोपको विरोध गर्दै सार्वजनिक सम्पती तोडफोड गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले रबरका गोली र पानीका छर्रा प्रयोग गर्नुका साथै दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार