जग्गा किन्न चाहने सञ्चयकर्तालाई कोषले ऋण दिने

कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा किन्नलाई पनि ऋण दिने भएको छ । कोषले यसअघि सञ्चयकर्तालाई घर बनाउन मात्र ऋण दिने गरेकोमा अब जग्गा किन्नलाई पनि ऋण दिने भएको हो । जग्गा खरिदका लागि ऋण दिन कोषले सञ्चयकर्ता घर सापटी कार्यविधिमा परिमार्जन गर्न लागेको छ ।

कोष सञ्चालक समितिले सहमति दिएकाले कार्यविधि बनाउन लागिएको कोषका कामु सहप्रशासक जितेन्द्र धितालले बताए । कतिपय सञ्चयकर्ताले जग्गा नै किन्न नसकेपछि नयाँ व्यवस्था गरेको उनले बताए ।

यसका लागि कार्यविधि बनाएर सञ्चालक समितिमा पेश गरिने भएको छ । हाल कोषले घरको जगको काम पूरा गरेपछि मात्र सञ्चयकर्तालाई ऋण दिने गरेको छ । कोषले सञ्चयकर्तालाई १ करोड रुपैयाँसम्म साढे ७ प्रतिशत व्याजमा घर बनाउनका लागि ऋण दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार