पोल भाडाको विषयमा दुई प्राधिकरणबीच विवाद बढ्यो

विद्युतले नटेरपछि मन्त्रालय गुहार्दै दुरसञ्चार प्राधिकरण

पोलभाडा विवादको विषयमा दुई प्राधिकरणबीच विवाद बढेको छ । वार्ताका लागि बारम्बार बोलाउँदा पनि नेपाल विद्युत प्राधिकरणले अटेर गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले विवाद समाधानका लागि मन्त्रालयको बाटो खोजेको छ ।

इन्टरनेट सेवा प्रदायक र विद्युत प्राधिकरणबीच पोलभाडा विवाद चुलिँदा बिहीबार इन्टरनेट सेवा प्रदायकहरु (आईएसपी) ले इन्टरनेटको मूल्य वृद्धि गर्ने तयारीका साथ प्राधिकरणको स्वीकृतिका लागि पत्र पठाएको थियो । लामो समयदेखि चलिरहेको पोल भाडा विवादमा इन्टरनेट सेवाप्रदायकहरुले महशूल नतिरे असोज १६ गतेपछि तार काट्ने प्राधिकरणले धम्की दिए पछि उत्कर्षमा पुगेको थियो ।

सोही विषयमा त्रिपक्षीय वार्ताका लागि दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणलाई असोज १ गते वार्तामा आउन भनी २८ गते पत्र काटेको थियो । तर विद्युत प्राधिकरण आज वार्तामा उपस्थित थिएन ।

‘आईस्पानका अध्यक्ष लगायत आठजना प्रतिनिधिहरु इन्टरनेट सेवाप्रदायकका तर्फबाट आएका थिए । तर विद्यूत प्राधिकरण नआएको हुनाले वार्तामो केही टुंगो लाग्न सकेन ।’ दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक कैलाश कार्कीले भने ।

समानन्तर निकायको हैसियतले आफूलाई अटेर गर्न थालेपछि पोलभाडा विवाद समाधानका लागि अब तालुकदार मन्त्रालयमार्फत जाने प्राधिकरणको तयारी छ । यसबाहेक इन्टरनेटमा कुनै पनि किसिमको मूल्य वृद्धि हुन नदिने प्राधिकरणले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार