नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच सम्झौता

नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच सम्झौता भएको छ। स्थानिय तयारी पोशाक उत्पादन व्यवसायिहरुलाई आवश्यकता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्न सम्झौता भएको हो ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस।एम।ई। तथा लघुवित्त, नबिल बैंक र किशोर नेपाल, अध्यक्ष, एन।एस।टी।पि।उ।एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दैै निरज कुमार बस्नेत (डनिल)ले भने, “राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानसगै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहुचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास राख्दछ । यस रणनीतिक साझेदारीसगै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्षयका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एन।एस।टी।पि।उ।एस संगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायिहरुको “मेक इन नेपाल“ उत्पादनहरुलाई प्रोत्साहन गरि सहयोग पु¥याउन उत्साहित छ ।”

त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष, श्री किशोर नेपालले भने “‘नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा सम्बृद्धीको बाटो हुनेमा हामी विश्वस्त छौ ।

नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार