नेपाली सेनाद्वारा विभिन्न पदहरुको लागि दरखास्त आह्वान

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरु गरि चार सय ६२ जना माग गर्दै दरखास्त आव्हान गरेको हो ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ ।

सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित सेनाले जागिर खुलाएको छ ।

समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार