मिति २०७८ साल भदौ २० गते, आइतबार, यस्तो छ आजको राशिफल

वि.सं.२०७८ साल भदौ २० गते । आइतबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–त्रयोदशी, बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– अष्लेषा, बेलुकी ०६ बजेर १४ मिनेट उप्रान्त मघा । योग– परिध, बिहान ०९ बजेर ३० मिनेट उप्रान्त शिब । करण– वणिज, बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त भद्रा, बेलुकी ०७ बजेर ०० मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कर्कट,बेलुकी ०६ बजेर १४ मिनेट उप्रान्त सिंह । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले पछाडि छोड्नेछ । व्यापार व्यवसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न कठिनाइ हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यवसायमा लगानी गर्दा घाटा हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगेको तथा लानेहरूले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीहरू बाट नै आलोचना हुन सक्छ काम गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

पढाइ लेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ । बैङ्किङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रेमीको सहयोग प्राप्त हुनेछ । टेक्निकलको क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफन्त तथा सन्तान पक्षले अनावश्यक झन्झट दिनेछन् । माया प्रेममा आफ्नो मायालुलाई विश्वासमा लिन बढिनै समय खर्चिनु पर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार