बुवा र श्रीमतीको हत्या गरेर आँपको बगैचामा गाडेको आरोपमा छोरा पक्राउ

धनुषाको मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँमा एक युवक आफ्ना बुवा र श्रीमतीको हत्या गरेर गाडेको आरोपमा पक्राउ परेका छन् ।

५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या गरेर गाडेको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाईपक्राउ गरेको धनुषा प्रहरी पक्राउ गरेको छ ।

प्रहरीले मृतक दुवै जनाको शव मण्डलको घरदेखि करिब एक सय मिटर उत्तर आँपको बगैचामा खाल्डोमा गाडेको अवस्थामा फेला पारेको हो ।

भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए । त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउकै आँपको बगैचामा खाडल खनेर पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गाउँलेले देखाएको स्थानमा खोजतलास गर्दा दुईवटा शव गाडेको अवस्थामा भेटेको हो ।

भागेन्द्र करिब १० वर्षदखि वैदेशिक रोजगारमा थिए । चार महिना पहिला मात्र उनी रोजगारीबाट घर फर्केका थिए । ससुरा र बुहारीबिच अनैतिक सम्बन्ध रहेको थाहा पाएर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार