तयारी नपुगेको भन्दै सारियो एमाले स्थायी कमिटी बैठक

सोमबार बिहान ११ बजे बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ ।

बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले केही तयारी नपुगेको भन्दै बैठक केही पर सारिएको बताए । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ।

बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुनेछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार