नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच व्यापार सम्झौता

काठमाडौं। नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।

सम्झौतापछि मुक्तिनाथका ग्राहकले नबिलमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स र लोकल बैंक ग्यारेन्टी सुविधा उपभोग गर्न पाउनेछन्।

मुक्तिनाथका ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर पाउने नबिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सम्झौतापछि दुई बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ।

नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मुक्तिनाथका ग्राहकलाई विस्तारित बैंकिङ सुविधा दिन पाउँदा खुशी लागेको बताए। मुक्तिनाथका सिइओ प्रद्युमन पोखरेलले वैदेशिक व्यापारमा संलग्न ग्राहकलाई फाइदा पुग्ने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार