जनकपुर विमानस्थलमा ४२ करोडको संरचना एक वर्ष नहुँदै भत्कियो, एक घाइते

सिभिल इन्जिनियरिङ विभागले मिलेमतोमा ठेक्का लगाउँदा देशैभरका विमानस्थलभित्र जोखिमपूर्ण संरचना

नवनिर्मित जनकपुरधाम विमानस्थलको यात्रु प्रतिक्षालयको सिलिङ भत्किँदा एक जना घाइते भएका छन् । राज्यको २२ करोड बढी खर्चिएर बनेको जनकपुर विमानस्थलमा निर्मित कमसल संरचनाका कारण शुक्रबार धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षीय उसलेन खान घाइते भएका हुन् ।

विमानस्थलको छानामुनि बसिरहेका उसलेनको शरीरमाथि शुक्रबार दिउँसोको समयमा अचानक सिलिङ खस्दा उनी घाइते भएको जनकपुर प्रहरीले पुष्टि गरेको छ । टाउकोमा गम्भीर चोट लागेपछि स्थानीय अस्पतालमा १५ वटा टाँका लगाएर उपचार भइरहेको छ ।

जनकपुरधाम विमानस्थलको निर्माण कार्य सम्पन्न भएको ६ महिना नबित्दै छाना माथिबाट प्लाई र फलामका ठूलठूला छडहरू झर्न थालेका छन् । ४२ करोड रुपैयाँको लागतमा नयाँ प्रविधिमार्फत निर्माण गरिएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त हुन थालेको छ ।

४ हजार १३४ वर्ग मिटरमा फैलिएको नयाँ टर्मिनल भवन स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको हो । काष्ठमण्डप उमा जेभीले निमार्ण गरेको यो संरचना कमजोर भएको भन्दै यसअघि चौतर्फी विरोध भइरहेको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणको सिभिल इन्जिनियरिङ विभागका प्रमुख प्रदीप अधिकारीको रोजाइमा पर्ने गरेको कम्पनीले गरेको काम भएकाले विरोधका बाबजुद कमसल संरचना बनाउने निमार्ण कम्पनीलाई पनि बिना रोकटोक भुक्तानी दिइएको थियो । जनकपुर जस्तै यो कम्पनीले देशभरका अन्य विमानस्थलमा पनि सम्झौता विपरीत कमजोर संरचना निर्माण गरेको आरोप लाग्ने गरेको छ ।

बलेवा विमानस्थल कालोपत्रे गर्दा सम्झौताविपरीत लम्बाई र चौडाइ घटाएर आर्थिक चलखेल

 

नागरिक उड्डयन प्राधिकरणको टेन्डर प्रक्रियामा सेटिङ

 

कमसल निर्माण संरचनाले फाप्लु विमानस्थल जोखिममा, सिभिल इन्जिनियरिङ विभाग बेखबर

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार