सनराइज बैंकको ई–कार्ड संचालनमा

नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु-याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुविधा प्रदान गदै आएको छ । यसै अनुरुप नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार सनराइज बैंक लिमिटेडले सनराइज ई–कार्ड संचालनमा ल्याएको छ ।

सो सुुविधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो ई–कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिने छ ।

आफ्नो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ । सो ई–कार्ड प्रयोग गरि अनलाईनबाट प्रवाह हुने सुुविधाहरु जस्तै युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्ज लगायत सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न पनि सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार