लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेशका मन्त्री बनेका तीन जना सांसदबाट पदमुक्त भएका छन् ।

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजय बाँके क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने कल्पना समानुपातिक सांसद हुन् । उनीहरु तीनै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार