बागलुङ ग्याङ फाइट योजनबद्ध अपराध भएको भन्दै अनुसन्धान गर्न काँग्रेसको माग

बल्देभीरमा आइतबार भएको ग्याङ फाइट योजनाबद्ध अपराध भएको भन्दै यसको निष्पक्ष अनुसन्धान गर्न बागलुङ काँग्रेसले माग गरेको छ ।

आफ्नो जिल्ला सदस्यको ज्यान जानेगरि भएको घटना सुनियोजित तरिकाले भएको ठहरसहित काँग्रेसले यसको निष्पक्ष छानबिन गरि दोषीउपर कडा कारबाहीको माग गरेको हो । नेपाली काँग्रेस बागलुङ जिल्ला सभापति दीपेन्द्र थापाले बल्देभीरमा भएको घटनाको विषयमा एक विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य र सक्रिय कार्यकर्तामाथि साङ्घातिक हमाल गरि हत्या सम्मको घटना अपराधीक मानसिकताबाट योजनाबद्ध रूपमा भएको उल्लेख गरेका छन् ।

आइतबार होली पूर्णिमाका अवसरमा लागेको मेलामा ग्याङ फाइट हुँदा नेपाली काँग्रेस जिल्ला समिति सदस्य समेत रहेका निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र काँग्रेसकै सक्रिय कार्यकर्ता सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । घटनाको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमा पुगेको छ ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा दुई पक्षबिचको झडपमा दुई जनाको मृत्यु हुनुका साथै केही घाइते भएका छन् । स्थानीयले आइतबार साँझसम्म सोही घटनामा परि दर्जन बढी सम्पर्कविहीन भएको जानकारी गराएका थिए । सोमबार बिहानसम्म दुई जनाको शव अन्य हराएका सबै सम्पर्कमा आइसकेको बागलुङ प्रहरीले जानकारी दिएको छ ।

बाग्लुङ ग्याङफाइटको विषयमा अनुसन्धान गर्न एसपी नेतृत्वको टोली घटनास्थलमा

बागलुङमा ग्याङ फाइट : २ को मृत्यु, दर्जन बेपत्ता, मृत्यु हुने काँग्रेसका जिल्ला सदस्य

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार