बाग्लुङ ग्याङफाइटको विषयमा अनुसन्धान गर्न एसपी नेतृत्वको टोली घटनास्थलमा

दुईजनाको मृत्यु, सम्पर्कविहिन भनिएका सबैजना भेटिए

बाग्लुङ , गुल्मी र प्युठानको सिमानामा पर्ने बल्देभीरमा आईतबार भएको ग्याङफाईटको अनुसन्धान गर्न बाग्लुङ प्रहरी प्रमुखको टोली घटनास्थल पुगेको छ । होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि बाग्लु्ङका दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो ।
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा दुई पक्षबीचको झडपमा दुईजनाको मृत्यु हुनुका साथै केहि घाईते भएका छन । स्थानीयले आईतबार साँझसम्म सोही घटनामा परि दर्जन बढि सम्पर्कविहिन भएको जानकारी गराएका थिए । सोमबार विहानसम्म मृत्यु भएका दुईजना बाहेक हराएका सबै सम्पर्कमा आईसकेको बाग्लुङ प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाई शव प्रहरीले भीरबाट निकालेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । हिजो राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो ।

मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले जानकारी दिएका छन । उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा शव भेटिएको थियो । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुन। स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो ।

बागलुङमा ग्याङ फाइट : २ को मृत्यु, दर्जन बेपत्ता, मृत्यु हुने काँग्रेसका जिल्ला सदस्य

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार