चितवनमा बस र स्कुटर ठोक्किँदा बाबु-छोरी र भतिजीको मृत्यु

माडीबाट भरतपुर जाँदै गरेको यात्रुबाहक बस र स्कुटर एकआपसमा ठक्कर खाँदा चितवनको पकौडीमा तीन जनाको मृत्यु भएको छ । चितवन प्रहरीका प्रवक्ता सूर्य थापाका अनुसार नारायणगढ माडी ठोरी रुटमा चल्ने ना५ख २१५० नम्बरको बस साँझ करीब ६स्२० बजेको समयमा बिपरीत दिशाबाट आउँदै गरेको ना४०प ७०८२ नम्बरको स्कुटरसँग ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका ६ गितानगर बस्ने अन्दाजी ४५ वर्षीय मोहन अधिकारी, सोही स्कुटरमा सवार उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीया दिविशा अधिकारी रहेका प्रवक्ता थाािले बताए । गम्भिर घाइते तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार