‘नेपहपको श्रीपेच–२’को अडिसन आह्वान, बालेन हुन् निर्णायक ? 

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच–२’को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइनेछ । प्राप्त अडिसनबाट जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ ।

‘नेपहपको श्रीपेच–२’को विजेताले १० लाख रुपैयाँ नगद, वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन् । उपविजेताले नगद ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच–२’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलको हो । निर्देशन निकेश खड्काले गर्नेछन् ।

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ रहनेछन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन भने केही भागमा मात्र सहभागी हुने निर्माता पोख्रेलले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार