३२ वर्षीया विपना नक्कली नोटसहित पक्राउ

नेपाली नक्कली नोटसहित जाजरकोटको छेडागाड नगरपालिका–५, थलह बजारबाट एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा छेडागाड–१०, काफ्लाकी ३२ वर्षीया विपना बुढा छिन् ।

नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार