रामेछाप पुगेका मुख्यमन्त्री जम्कट्टेल बिरामी भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् ।

रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा मंगलबार मध्याह्न समस्या देखिएको हो । उपचारका लागि उनलाई सिन्धुलीस्थित आत्मिय सामुदायिक अस्पतालमा लगिएको छ ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई अस्पताल लगिएको हो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार