सुहाङले बुधबार शपथ लिने

इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङको बुधबार (वैशाख २६) शपथ ग्रहण हुने भएको छ ।

सभामुखको सचिवालयका अनुसार, बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा नेम्बाङको शपथ कार्यक्रम राखिएको छ ।

उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शपथ गराउनेछन् । नेम्बाङ गत वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार