ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

स्थानीय ५० वर्षीय रमेश पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको पनि मंगलबार उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार