आज वैशाख ८ गते शनिबार, यस्तो छ आजको राशिफल

आज वि. स. २०८१ साल वैशाख ८ गते शनिबार । इश्वी सन २०२४ अप्रिल २० तारीख । चैत्र शुक्लपक्ष द्वादशी तिथी पूर्वफाल्गुनी नक्षत्र ध्रुव योग वव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा लुम्ब योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु छन्द दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)– बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)– आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)– आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)– लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)– रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)– आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार