११ रन जोड्दा नेपालका दुवै ओपनर आउट

एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो दुवै ओपनर गुमाएको छ । जुनैद सिद्दिकीको बलमा ओपनर कुशल भुर्तेल पहिलो ओभरको पहिलो बलमै आउट भएमा अर्का ओपनर आशिफ शेख पनि आउट भएका छन् ।

३।३ ओभरमा ओमिद साफी रहमानको बलमा आसिफ शेख आउट भएका हुन् । ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट भएका हुन् ।

ताजा अवस्थामा नेपालले ३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ११ रन जोडेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार