सुदूरपश्चिम सरकारमा तत्काल नजाने एमालेको निर्णय

नेकपा ९एमाले० सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आज बसेको बैठकले सरकारलाई बाहिर नै बसेर समर्थन गर्ने निर्णय गरेको बताएका हुन् ।

अहिले सरकारलाई समर्थन गरेर अर्को निर्णय नहुँदासम्म बाहिर बसेर सहयोग गर्ने उनले बताए । एमालेसहितको समर्थनमा नेकपा ९एकीकृत समाजवादी० का सोडारी आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

एमालेले सोडारीलाई मुख्यमन्त्रीमा अन्तिम समयमा मात्रै स्वीकार गरेको हो । सोडारीबाहेक अन्य उपयुक्त पात्रलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्न एकीकृत समाजवादीलाई दवाब दिएको एमाले अन्ततः उनलाई नै समर्थन गरेर जान तयार भएको हो ।

आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शसथ लिने तयारी गरेका मुख्यमन्त्री सोडारीले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारीसमेत गरेका छन् । तर, एमालेले अहिले सरकारमा सहभागी नुहने निर्णय लिइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार