कांग्रेसले साथ दिने भनेपछि ब्याक भयो एमाले, गठबन्धनबाटै सोडारीले मुख्यमन्त्रीको दाबी पेश गर्ने

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेकै समर्थनमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताएका छन् ।

नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन नगर्ने भएको छ । रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा सोडारीले दाबी पेश गर्न लागेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बुधबार साँझ कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गोल्फुटारमा छलफल भएको थियो । उक्त छलफलमा सुदूरपश्चिम मुख्यमन्त्रीमा सोडारीलाई सहयोग गर्नेबारे सहमति भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार