युनाइटेडसँग बराबरी खेल्दा लिभरपुलले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल र म्यानचेस्टर युनाइटेडले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँढेका छन् ।

आइतबार राति भएको खेलमा डियाजले २३ मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो ।

तर युनाइटेडका फर्नान्डेजले ५० मिनेटमा बराबरी गोल फर्काए । ६७ मिनेटमा माइनोले अर्को गोल गर्दा युनाइटेडले खेलमा अग्रता लिन सफल भयो ।

८४ मिनेट लिभरपुलले पेनाल्टी पायो । जसमा सलाहले गोल गर्दै खेललाई बराबरी ल्याए ।

लिगमा शीर्ष स्थानको आर्सनलको ७१ अंक छ । शीर्ष स्थानमा उक्लने मौका गुमाएको लिभरपुलको पनि ७१ अंक नै छ ।

म्यानचेस्टर सिटी ७० अंक जोड्दै तेस्रो स्थानमा छ । युनाइटेड ४९ अंक जोड्दै छैटौं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार