एमएमएस फ्रेन्डसीप कप : गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल

भारतमा जारी एमएमएस फ्रेन्डसीप कपको उपाधिका लागि आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदान हुन लागेको फाइनल खेलमा गुजरातविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् । आजको खेलमा नेपालले चार खेलाडी परिवर्तन गरेको छ ।

नेपालका कप्तान रोहित पौडेल,सोमपाल कामी,अविनास बोहोरा र आशिफ शेख टोली फर्किएका छन् भने आकाश चन्द,प्रतिश जिसी,ललित राजवंशी र अनिल शाहलाई बाहिर राखेको छ । सिरिजका दुई खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार