मधेसका छोरी पढाउन जनकपुरमा खोलिएको क्याम्पस

अहिले पनि मधेसका छोरीचेली दाइजो प्रथाका कारण हिंसामा परेका खबर बेलाबेला आइरहेकै छन् । झन् विसं २०५० को दशकमा कस्तो अवस्था थियो होला ! ऊबेला ‘एकपटक विहे गर्नैपर्ने त हो नि’ भनेर अभिभावकले कलिलै उमेर छोरीचेलीको बिहे गरिदिनु सामान्य नै थियो । तर राम्रो शिक्षादिक्षा दिनुको सट्टा कलिलै उमेरमा बिहे गरिदिँदाको परिणाम सुखद हुन्थेन ।

एकातिर शिक्षा र उमेरका हिसाबले हुने अधिकांश बेमेल विवाह सङ्कटमा पर्थे। अर्कोतिर दाइजो, हिंसा, बहुविवाह, दुई परिवारबीचमा कलहजस्ता समस्या उत्पन्न हुन्थे । यस्तै समस्या देखिन थालेपछि जनकपुरधाममा ‘दाइजो उन्मूलन सङ्घ’का नाममा दाइजोविरोधी अभियान सुरु हुँदै थियो । त्यसका लागि कचहरी बस्थे । दण्ड र जरिवानाका कुरा पनि हुन्थे । तर त्यतिबेला जनकपुरधामका केही युवालाई यी कुरा फिटिक्कै मन पर्थेनन् ।

युवाहरूको मत हुन्थ्यो( “छोरीको भविष्यका लागि कुनै लगानी नै नगरेर डाक्टर, इन्जिनियर वा जागिरे केटालाई जिम्मा लगाउन खोज्नु दाइजो दिनुभन्दा झन् ठूलो समस्या हो । त्यसैले सके छोरीचेलीमा लगानी गर, नभए बिहे गरेकी छोरीचेलीलाई केही दिन नपाए हुन्थ्यो भन्ने अपेक्षा नगर । दाइजो लेऊ वा देऊ ।”

यस्तो विचार कसैलाई मनपर्ने कुरै भएन । तर पनि ती युवा आफ्नो कुरा भन्न छाड्थेनन् । त्यसो भन्नेमध्ये एक थिए( जनकपुरधामका वीरेन्द्रकुमार साह । आफूहरूले राख्ने फरक मतबारे स्मरण गर्दै उनी भन्छन्, “आफ्नो छोरीचेलीमा लगानी नगर्ने, असल अभिभावकत्व लिन नचाहने अनि १० कक्षासमेत नपढाएर बिहे गरिदिने१ घरमा हुँदा लगानी नगर्ने र भविष्यको सुरक्षाबारे सोच्दै नसोची कथित धेरै पढेको केटा खोज्ने नाममा बेमेल विवाह गर्ने हो भने भोलि तपाईँ हाम्रै छोरीचेली समस्यामा पर्नसक्छन्। त्यसैले बेमेल विवाह नगर्न, छोरीमा लगानी गर्न र सम्पत्ति दिनुपर्छ भन्ने मत राख्थ्यौँ ।”

२५र३० वर्षका युवाले यस्तो भन्दा अनौठो हुने नै भयो । तर जब बेमेल विवाह भएका छोरीले दुःख पाई, ज्वाइँले अर्को विवाह गर्‍यो, हेलोहेचो गर्‍योजस्ता समस्या लिएर कचहरी बोलाइन्थ्यो, त्योबेला वीरेन्द्रलगायतका युवाले आफ्नो जित भएको महसुस गर्थे । तर त्यो क्षणिक हुन्थ्यो ।

“हाम्रो उद्देश्य दाइजोको प्रवर्द्धन गर्ने थिएन । आफ्ना छोरीचेलीको सुखद भविष्यका लागि शिक्षादीक्षामा लगानी गरौँ, स्तर नै नमिल्ने गरी धेरै पढेलेखेको केटा खोज्ने बहानामा समस्यालाई निम्ता नदिऔँ भन्ने थियो”, साहले भने, “तर बुझ्नेले बुझे, नबुझ्नेले बेवास्ता गरे। कतिपयले छोरीचेली समस्यामा परेपछि पश्चाताप गरे ।”

तर कुरा गरेर मात्रै सुधार हुनेवाला थिएन । त्यसपछि छोरी नपढाउने र चाँडै विवाह गरिदिने कारणबारे सोधीखोजी भयो । साहले भनेअनुसार त्यसबाट दुईवटा कुरा थाहा भयो । पहिलो, त्यसबेला जनकपुर क्षेत्रमा ब्रह्मपुरी क्षेत्र भनेर चिनिने पहाडी समुदायको बसोबास रहेका ठाउँ, उच्च जाति भनिएका मधेसी समुदायमा छोरीचेली पढाउने चलन थियो तर अन्य बहुसङ्ख्यक समुदायले छोरीचेलीलाई पठाउँदैनथे ।

दोस्रो, असुरक्षाको कारण देखाएर छोरीलाई यहाँको मुरलीचोक नकटाउनेको सङ्ख्या धेरै थियो । किनकी रामस्वरूप रामसागर (आरआर) क्याम्पस पढ्न त्यो जमिन नाघेर अलि पर जानुपर्थ्यो । त्योभन्दा वर भरपर्दो विकल्प थिएन ।

समस्या समाधानका लागि सुरक्षा र अनुशासनको प्रत्याभूतिसहित जनकपुर बजार क्षेत्रमै एउटा उच्च शिक्षा अध्ययनको विकल्प दिए केही हदसम्म समस्या समाधान हुने निष्कर्ष निस्कियो । त्यो विकल्प दिन स्थानीय लक्ष्मीप्रसाद साह (एलपी साह), रामनरेश राय र वीरेन्द्रकुमार साह तयार भए ।

त्यसपछि यहाँ ‘मोडेल बहुमुखी क्याम्पस’ स्थापना भएको संस्थापकमध्येका तिनै साहले जानकारी दिए। विसं २०५४ मा अध्ययन अनुमति र २०५५ असारमा पठनपाठन सुरु गरिएको क्याम्पसमा सुरुमा छात्रा पाउन निकै गाह्रो भयो । घरघर गएर सम्झाउँदा पनि विज्ञान सङ्कायतर्फ ७१ मध्ये दुईरतीन जना र व्यवस्थापनतर्फ ९६ मध्ये १०र१२ जना मात्रै छात्रा पाएको उनले स्मरण गरे ।

सुरुका दिनमा बाटोबाटोमा बसेर जिस्क्याउने, दुःख दिने र हतोत्साहित गर्ने केटाहरूका कारण केही कठिनाइ भए पनि सोहीअनुसार सुरक्षाको व्यवस्था, कारबाही र अभिभावकलाई आश्वस्त पार्दै जाँदा समस्या समाधान हुँदै गएको र विसं २०६२र०६३ सालपछिको परिवर्तन तथा समाजमा आएको चेतनाका कारण छात्राको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उनले बताए ।

कक्षा ११ मा विज्ञान र वाणिज्यबाट पठनपाठन सुरु भएको सो क्याम्पसमा अहिले स्नातकोत्तरसम्मको अध्ययनअध्यापन हुन्छ । यहाँ कम्प्युटर, ट्राभल र टुरिजम, बीबीए, बीसीए, एमबीएस, बीएस्सी माइक्रो बायोलोजी, बीएस्सी सीएस आईटी, सीटीईभीटीईबाट सामान्य चिकित्सा (एचए) तथा ल्याब र मेडिकल ल्याब टेक्निसियन (एमएलटी) लगायत पठनपाठन भइरहेको छ ।

‘छोरी शिक्षा प्रवर्द्धन’ गर्ने हेतुले स्थापित सो क्याम्पसमा अहिले छोरीहरूकै बाहुल्य छ। विज्ञान संकायबाहेक अरु कक्षामा एउटा कक्षामा ६० देखि ८० प्रतिशतसम्म छात्रा छन् । अभिभावकमा आएको चेतनाले छोरीचेलीलाई विद्यालय वा क्याम्पससम्म पुर्‍याउन सम्भव भएको हो । छोरीलाई राम्रो शिक्षा दिएर आफ्नो खुट्टामा उभिने भएपछि मात्रै बिहे गर्नुपर्छ भन्ने चेतना आउँदै छ । यो हाम्रो पनि सफलता हो”, सहायक क्याम्पस प्रमुख धर्मेन्द्रकुमार ठाकुरले भने । उनका अनुसार सो क्याम्पसमा हाल पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विसं २०६२ सालमा जनकपुरमै सबैभन्दा बढी विद्यार्थी भएको क्याम्पसका रूपमा स्थापित सो क्याम्पसलाई आजसम्म अरुले उछिन्न नसकेका ठाकुरको दाबी छ ।

“सङ्ख्यात्मक र गुणस्तरीय शिक्षाका हिसाबले पनि हाम्रो प्रतिस्पर्धा आफैँसँग हो । धेरैले सोध्छन्( तपाईंहरूकहाँ ११ र १२ कक्षामा कति विद्यार्थी छन्रु यहाँका नामी तीनरचारवटा क्याम्पसमा पढ्ने सङ्ख्या जोडेर जति आउँछ, त्यसमा सयरपचासभन्दा कम बढी हुन्छ भनेर जवाफ दिन्छौँ”, उनले भने ।

क्याम्पसले आर्थिक अवस्था, जेहेन्दार र आवश्यकताअनुसार विद्यार्थीलाई सहुलियतमा शिक्षा दिइरहेकामा विसं २०६९ देखि ‘सुपर फोर्टी’ नीतिअनुसार विज्ञान सङ्कायतर्फ ४० जना र वाणिज्य संकायतर्फ १० जना जेहेन्दार विद्यार्थीलाई शतप्रतिशत ‘ट्युसन फि’ निःशुल्क गर्ने योजना कार्यान्वयन गरिरहेको छ । त्यसैगरी अध्ययनरत सत्रका तीनवटै त्रैमासिक परीक्षामा ७५ प्रतिशत वा सोभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङतर्फ अध्ययनका लागि काठमाडौँमा प्रवेश परीक्षा कक्षा निःशुल्क गर्ने नीति लिएको कलेजका प्रशासन प्रमुख प्रदीप लालले बताए ।

बैंकबाट रु पाँच लाख ऋण लिएर सुरु भएको सो क्याम्पस जनकपुरको सङ्कटमोचन स्कूलमा तीन वर्षसम्म र त्यसपछि हाल भवन रहेको जनकपुरधाम(४ गोपाल धर्मशालानजिकै भाडाको जमिनमा बाँसको टहरामा सञ्चालन भएको थियो । अहिले डेढ बिघा जग्गासहित सुविधासम्पन्न ६५ कोठासहितको १० तले आफ्नै भवनमा छ ।

“हामीले बैकबाट रु पाँच लाख ऋण लिएर क्याम्पस सुरु गर्‍यौँ । त्यो ऋण रामनरेश रायको जग्गा बैंकमा राखेर लिएका थियौँ र एलपी साह (नेम एन्ड फेमबापत) पनि हामीसँग हुनुहुन्थ्यो । त्यतिबेला शतप्रतिशत नोक्सानी भएमा मेरो र फाइदा भए सबैको भन्ने थियो”, उनले भने, “तर क्याम्पस स्थापना भएको दुई वर्षमै विवाद उत्पन्न भएपछि उच्च माध्यमिक शिक्षा परिषद्‌बाट विवाद सुल्झाएर त्यही बेलादेखि मेरो स्वामित्वमा क्याम्पस चलिरहेको छ तर म एक्लो छैन ।”

उनले क्याम्पससँग प्रत्यक्ष जोडिएका प्राध्यापक र कर्मचारी गरी एक सय ५० जनाको समूह रहेको बताए । “हामीप्रति अभिभावक र विद्यार्थीको भरोसा छ । उहाँहरूकै बलमा यो उचाइ पाएका हौँ”, उनले भने ।

सहायक क्याम्पस प्रमुख ठाकुरले अनुशासन, संस्कार र गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर स्थापना भएको क्याम्पसलाई सोहीअनुसार अगाडि बढाउन आफूहरूले इमान्दार प्रयत्न गरिरहेको बताए । छोरीहरूसहित विदेशीएका अभिभावकले जिम्मामा छाडेका सन्तानलाई असल अभिभावकत्वसहितको गुणस्तरीय शिक्षा दिनु आफ्नो उद्देश्य र दायित्व भएको ठाकुरको भनाइ छ ।

सबैभन्दा रोचक त क्याम्पस स्थापना हुँदाका बेलाजस्तै आफ्ना विद्यार्थी र विशेषगरी छात्राको सुरक्षाका लागि घरबाट निस्किने बेला बिहान ५ बजे र घर फर्किनेबेला चोकचोकमा आफ्ना प्रतिनिधि खटाएर सुरक्षा गर्ने काम अहिले पनि चलिरहेको छ ।

“त्यतिबेला जुन सोचका साथ क्याम्पस स्थापना गरेका थियौँ, त्यसमा सफलता मिल्दै गएको छ। छोरीचेलीलाई पढाउने, स्वावलम्बनका लागि लगानी गर्ने अवस्था बनेको छ । शिक्षाप्रति छोराहरूभन्दा छोरीहरूको लगाव, उपस्थिति र इमान्दरिता देख्दा यसमा हाम्रो पनि सानो योगदान छ भनेर निकै खुसी लाग्छ”, क्याम्पस प्रमुख साहले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार