आयरल्यान्डले नेपाललाई दियो २ सय २५ रनको लक्ष्य

कीर्तिपुरमा जारी दोस्रो टी–२० अभ्यास खेलमा जितका लागि नेपाल ‘ए’ले २ सय २५ रनको लक्ष्य पाएको छ। आयरल्यान्ड ‘ए’ले ६ विकेट गुमाउँदै २ सय २४ रन जोडेको छ।

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय नेपालले जितका लागि २ सयय २५ रन बनाउनुपर्ने भएको छ।

नेपालले टोलीमा २ परिवर्तन गरेको छ। पवन सर्राफ र विपिन खत्री टोलीमा आउँदा हेमन्त धामी र अर्जुन घर्ती बेन्चमा छन्।

आयरल्यान्डले पनि टोलीमा २ परिवर्तन गरेको छ। केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

नेपालको प्लेइङ ११ः
विनोद भण्डारी (कप्तान, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल र कमल सिंह ऐरी।

बेन्च : नारायण जोशी, विकाश आग्री, हेमन्त धामी र अर्जुन घर्ती।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार