नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुँदै

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल अपराह्न १ बजेदेखि सुरु हुने छ ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको थियो ।

यसअघि बिहीबार हुने तालिका भएपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ‘ए’ टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार