एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षत्री विजयी

नेकपा एमाले जिल्ला कमिटी कास्कीको अध्यक्षमा बैनबहादुर अधिकरी क्षेत्री विजयी भएका छन् । २ सय ४ मतको अन्तरसहित उनी विजयी भएका हुन् ।

अध्यक्षमा विजयी क्षेत्रीले ५ सय ५१ पाउँदा पराजित माधव बास्तोलाले २ सय ४७ मत ल्याएका छन् ।

पोखरामा सम्पन्न एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट क्षेत्रीको प्यानल नै निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित भएका क्षेत्री स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् । बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरूङनिकट हुन् ।

उपाध्यक्षमा भेषराज बराल निर्वाचित भए भने सचिवमा दर्शन लामा विजयी भएका छन् । दुवै अध्यक्ष क्षेत्री प्यानलका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार