खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल नीतिलाई परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार ललितपुरमा नेपाल ओलम्पीक कमिटीले आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा मन्त्री श्रेष्ठले खेल नीतिमा देखिएका त्रुटि हटाउँदै समयसापेक्ष बनाउन परिमार्जन गर्ने तयारी भइरहेको बताएका हुन् ।

उनले खेलसँग सम्बन्धित सरोकारवाला निकायसँगको छलफलका आधारमा त्यसलाई परिमार्जन गर्ने जिकिर गरे । उनले व्यक्ति केन्द्रित नभई नीति केन्द्रित खेल क्षेत्र हुनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले योगदानका आधारमा नभई खेलकुद क्षेत्रमा राजनीतिक आधारमा नियुक्त हुने गरेकाले बेथिति देखिएको बताए । त्यस्तै उनले खेलकुदमा योगदान गरेका व्यक्तिहरूलाई विभिन्न निकायमा नियुक्त गर्न सके खेल क्षेत्रको विकास हुने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार