ब्राजिलका पूर्व फुटबल खेलाडी रोबिन्होलाई बलात्कार अभियोगमा ९ वर्ष जेल

ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई पक्राउ गरिएको छ । बलात्कार आरोपमा ९ वर्षको जेल सजाए सुनाइएको रोबिन्होलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

सन् २०१३ मा मिलानको एक नाइट क्लबमा अल्बेनियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनलाई दुई वर्षअघि दोषी ठहर गरिएको थियो । ४० वर्षीय रोबिन्होलाई उनको गृहनगर सान्तोसस्थित फ्ल्याटबाट पक्राउ गरिएको हो ।

इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि ब्राजिलमा उनको सजाय काट्नका लागि अदालतमा अनुरोध गरिएको थियो । तर बुधबार, ब्राजिलको एक अदालतले ९ वर्षको सजायलाइ कायम राख्दै घरमै नजरबन्दको सट्टा जेलमा पठाउने आदेश दिएको थियो ।

यसअघि बिहीबार सर्वोच्च अदालतका न्यायाधीश समक्ष हिरासत रोक्नका लागि गरेको अनुरोधलाई अस्वीकार गरेको थियो । ब्राजिलको अदालतको यो निर्णयलाई धेरैले स्वागत योग्य भनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार