च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो

युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो लागेको छ ।

बुधबार राति स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमुन्डले अन्तिम आठमा स्थान पक्का गरेसँगै क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको हो ।

बुधबार एट्लेटिकोले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्यो ।

दोस्रो लेगमा एट्लेटिको २-१ गोलले विजयी भएपछि समग्र नतिजा २-२ गोलको बराबरीमा टुंगिएको थियो ।

डर्टमुन्डले भने पिएसभीलाई समग्रमा ३-१ गोलले हरायो । बुधबार भएको दोस्रो लेगमा डर्टमुन्ड २-० गोलले विजयी भयो ।

लिगमा एट्लेटिको र डर्टमुन्डसँगै बार्सिलोना, रियल म्याड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पिएसजी अन्तिम आठमा पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार