लिभरपुल र सीटीको बराबरीले आर्सनललाई फाइदा

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सीटीले बराबरी गर्दै अंक बाँडेका छन् ।

यो सँगै दुबै टोलीले शीर्ष स्थानको आर्सनललाई पछि पार्ने सुन्दर मौका गुमाए ।

सीटी र लिभरपुलको बराबरीसँगै आर्सनल शीर्ष स्थानमा यथावत छ । आर्सनलको २८ खेलबाट ६४ अंक छ । समान खेलबाट लिभरपुलको ६४ अंक भएपछि गोलअन्तरमा आर्सनलभन्दा पछि परेको हो । उति नै खेल खेलेको सीटीको भने ६३ अंक छ ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभर र सिटीले १–१ को बराबरी गर्दै अंक बाँडे । खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोलमा सीटीले सुरुवाती अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा पेनाल्टी गोलमार्फत पुनरागमन गरेको थियो । खेलको ५० औँ मिनेटमा एलेक्सिस मक्यालिस्टरको पेनाल्टी गोलमा लिभरपुल खेलमा फर्किएको थियो । गोलरक्षक एडर्शनले डार्विन नुनेज माथि फाउल गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो ।

त्यसपछी खेलमा थप गोल हुन नसक्दा सीटी र लिभरपुलले अंक बाँडेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार