त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

नेपालले त्रिकोणात्मक टी(२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ ।

मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

सिरिजअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । शनिबार भएको उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो ।

सिरिजका लागि दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई टिममा समावेश गरिएको छैन ।

रोहित कुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।

प्लेइङ इलाभेनमा रोहित पौडेल, विनोद भण्डारी, कुशल भूर्तेल, आशिफ शेख, गुल्सन झा, विवेक यादव, सन्दीप जोरा, लोकेश बम, प्रतिश जिसी, करण केसी र अभिनाश बोहरा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार