आज मिति २०८० साल फागुन २६ गते, शनिबार, यस्तो छ तपाईको राशिफल

२०८० फागुन २६ गते | शनिवार ९ मार्च २०२४। फाल्गुण कृष्णपक्ष चतुर्दशी तिथि, १७ः४९ बजेपछि औंसी। धनिष्ठा नक्षत्र, ६ः५९ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ।

मेष : आजको दैनिकी राम्रो छ। अचानक आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। चन्द्रमा दाहिने हुनाले दिन सहज बन्नेछ।

वृष : आजको समय राम्रो छ। न्याय मिल्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।

मिथुन : दिन राम्रो छ। साथीले सहयोग गर्नेछन्। गुरुको आर्शिवाद मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ।

कर्कट : दिन सामान्य छ। आज ठुलो काममा हात नहाल्नु राम्रो हुन्छ। सकर्मीले खुट्टा तान्ने भएकाले संगत गर्दा सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट राहत मिल्नेछ। परिवारको साथ निरन्तर रहने छ।

सिंह : दैनिकी राम्रो छ। निष्ठावान बन्नुपर्ने समय आएको छ। साथीभाइसँग संगत गर्दा बोली र व्यवहारले पक्का बन्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

कन्या : दिन राम्रो छ। बोलीमा मोहनी हुने भएकाले धेरै काम वचनकै माध्यमबाट बन्नेछन्। परोपकार गर्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारसँग मेलमिलाप हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीमा फाइदा हुनेछ।

तुला : दैनिकी राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारको साथ र सहयोग हुनेछ। हल्ला सुने पनि त्यसलाई बिर्सिएर अगाडि बढ्नु फाइदा हुनेछ।

वृश्चिक : समय सामान्य छ। आर्थिक क्षेत्रमा सुधार हुनेछ। आँखा लगाउने धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। नराम्रा कामको खोजी साथीले नै गर्ने जोखिम देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दैनिकी राम्रो छ। श्रम गरेको क्षेत्रमा उन्नति हुनेछ। आर्थिक लाभ हुने दिन छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकर : समय राम्रो छ। धन लक्ष्मीको योग परेको छ। आर्थिक उन्नति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा पुरानो रोग बल्झिने जोखिम छ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ। बिहानै हनुमानको पूजा गर्नु राम्रो हुन्छ। यदि शनिदेव जन्मकुण्डलीमा ३, ६ र ११ भए ठुलो उन्नति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर रहने छ।

मीन : दैनिकी सामान्य छ। आर्थिक क्षेत्रको लगानी जोखिमपूर्ण छ। सामाजिक क्षेत्रमा विवाद हुनेछ। ठूलो काममा हात नलगाउनु राम्रो हुन्छ। दान गरेमा मन खुशी हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार