टी-२० आई वरीयतामा नेपाली खेलाडीको व्यापक सुधार, नेपालको स्थान यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० आई वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ उल्लेख्य सुधार गरेका छन् ।

टी-२० आई वरीयताको ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औं स्थानमा छन् ।

उनले भारतका ईशान किशनलाई पनि पछि पारेका छन् । किशन ५५ औं स्थानमा छन् । जिम्बावेका सिकन्दर राजा ६० औं र भारतका शुभमन गिल ६५ औं स्थानमा छन् ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा छन् । ७० औं स्थानमा बंगलादेशका अफिफ हुसेन र नामिवियाका जेजे स्मिथ पनि छन् । यी तीन खेलाडीको समान ४४५ अंक छ ।

कुशल मल्ल ३५ औं स्थानमा छन्, जसले २७ स्थान सुधार गरेका छन् । उनीसँगै ३५ औं स्थानमा श्रीलंकाका धनन्जय डी सिल्भा पनि छन्, जसको ९४ अंक छ ।

अलराउन्डरतर्फ गुलसन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा पुगेका छन् । यही स्थानमा पपुवा न्युगिनीका सेसे बाउ, आयरल्यान्डका ब्यारी म्याकार्थी र वेस्टइन्डिजका कायल मेयर्स पनि छन् । यी सबैको अंक ४९ छ ।

अलराउन्डरतर्फ करण केसी ८१ औं स्थानमा पुगेका छन्, जसले २४ स्थान सुधार गरेका छन् । अलराउन्डरतर्फ रोहित पौडेलले ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा पुगेका छन् ।

नेपालको स्थान यथावत
टी-२० आई वरीयतामा नेपाल १६ औं स्थानमा यथावत छ । नेपालको रेटिङ प्वाइन्ट १७५ छ ।

युएई १७४ रेटिङ प्वाइन्टका साथ १७ औं स्थानमा छ । नेपाल भन्दा अघि नेदरल्यान्ड्स १८४ औं रेटिङ अंकका साथ १५ औं स्थानमा छ । ओडीआईतर्फ नेपाल १५ औं स्थानमा यथावत छ ।

ओडीआईको ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ७७ औं स्थानमा छन् । आसिफ शेख ७३ औं र रोहित पौडेल ९५ औं स्थानमा यथावत छन् ।

दीपेन्द्र ओडीआईको नयाँ बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औं स्थानमा छन् ।

सोमपाल कामी ८० औं र ललित राजवंशी ५४ औं स्थानमा यथावत छन् ।

ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गर्दै ४६ औं स्थानमा छन् । सोमपाल कामी ५५ औं र कुशल मल्ल ५१ औं स्थानमा यथावत छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार