कोरोना अपडेट : थप १५६ जनामा संक्रमण, ४ जनाको मृत्यु

नेपालमा शुक्रबार थप १५६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ । त्यस्तै नेपालमा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म तीन हजार २४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ७० जना निको हुँदा हालसम्म २ लाख ७२ हजार ३४२ जना निको भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १२ सय ९९ जना आइशोलेशनमा र ५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ५६ हजार तीन सय वटा नमुनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार