भारी हिमपातले जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थालमा सयौँ उडान रद्द

भारी हिमपात र चिसो वर्षाका कारण जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थालमा बुधबार सयौँ उडान रद्द भएका छन् । फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका अनुसार जर्मनीको व्यापारिक राजधानी नाटकीय मौसमको अवस्थाका लागि तयार रहेकाले बिहान ढिलोसम्म एक हजार ४७ उडानमध्ये पाँच सय ७० उडानलाई तालिकाबाट हटाइएको थियो ।

दिउँसोसम्म चिसो वर्षाका कारण निर्धारित उडान तालिका प्रभावित भएको छ । म्युनिख विमानस्थलले पनि खराब मौसमका कारण ‘उडान सेवामा महत्त्वपूर्ण प्रतिबन्ध’ को सूचना दिएको छ । त्यहाँ छ सय ५० निर्धारित उडानमध्ये दुई सय ५० लाई रद्द गरिएको छ ।

जर्मनीको बाडेन–वुर्टेमबर्ग राज्यमा ४० सेन्टिमिटर (१६ इन्च) सम्म हिउँ जमेको छ । त्यहाँ सडकहरु बन्द भएका छन् । राष्ट्रिय रेल कम्पनी डायचे बानले खराब स्थितिका कारण आफ्नो उच्च–गतिका रेलहरूलाई सुस्त गरिरहेको बताएको छ । भारी हिमपात र चिसो वर्षाका कारण त्यहाँका स्कुल बन्द गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार